सुनसरी- सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
त्रियुगा गरपालिका-२ का प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र-१०२-००३ह१०५२ नम्बरको सिटी सफारीसँग ठोक्किएको थियो ।
घटनमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।