
राजविराज, २६ कात्तिक– चुनाव विथोल्न भारतबाट नेपाल छिरेका भुमिगत समूह अखिल तराई मुक्ति मोर्चा गोइत समूहका एक व्यक्तिलाई प्रहरीले मंगलबार विहान हतियार सहित पक्राउ गरेको छ ।
सप्तरीको गोबरगाढास्थित नेपाल–भारत सीमा क्षेत्रबाट मोर्चाका एरिया इन्चार्ज प्रदीप मुखिया विहान २ बजे हतियारसहित पक्राउ परेका हुन् ।
उनको साथबाट एकथान सकेट बम, एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको सप्तरी प्रहरी प्रमुख एसपी दिनेश अमात्यले जानकारी दिए । मुखिया सप्तरीको एक नम्बर एरिया इन्चार्ज रहेको प्रहरीको दावी छ ।
चुनाव विथोल्न भन्दै उनी भारतबाट नेपाल छिर्न लागेको जानकारी पाएपछि प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको थियो ।