बन्दले चुनाव होइन दाहसंस्कार बिथोलियो

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ८:५९ मा प्रकाशित

धुन्चे, २६ कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बिथोल्न गरेको यातायात बन्दले दाहसंस्कार समेत बिथोलेको छ ।

आफ्ना पिताको निधन हुँदा समेत बन्दका कारण निर्वाचन कार्यालयका एक कर्मचारी घर जान सकेका छैनन् । महोत्तरी घर भएका बिमलेसकुमार सिंहको पिताको सोमबार राति मृत्यु भएको खबर आए पनि यातायात बन्दका कारण घर जान नसकेका हुन् ।

उनी घर जान नसक्दा उनका पिताको दाहसंस्कार तथा काजक्रिया हुन सकेको छैन । सिंह मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवामा कार्यरत कार्यालय सहयोगी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us