‘एमाओवादी र एमालेले वैद्यलाई समेट्न मानेनन्’

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ५:५७ मा प्रकाशित

sher-bahadur-deubaधनगढी, २६ कात्तिक–नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा वैद्य माओवादी नेतृत्वको मोर्चालाई पनि समेट्न एमाओवादी र नेकपा एमालेले असहमति जनाएको आरोप लगाएका छन् । उनले संविधानसभा चुनावपछि आन्दोलनरत नेकपा–माओवादीलाई पनि संविधान लेखन प्रकृयामा सहभागी गराइने बताए ।

‘पहिला पनि माओवादीको भावनालाई समेटेर लैजाने कुरामा एमाले र एमाओवादीले असहमति जनाए,’ कैलालीको धनगढीमा मंगलबार सन्चारकर्मीसँग कुरा गर्दै नेता देउवाले भने, ‘अब यस्तो गल्ती फेरी दोहोर्‍याउनु हुँदैन । वैद्यलाई पनि सँगै लिएर जानुपर्छ ।’

नेपाली काँग्रेसले कृष्ण प्रसाद भट्टराईको पालामा ६ महिनामा संविधान बनाएको चर्चा गर्दै उनले अहिले पनि नेपाली काँग्रेसले बहुमत ल्याएर लोकतान्त्रिक संविधान बनाउने जिकीर गरे । आफ्नो सरकारले देशमा शान्ति, सुरक्षा, रोजगारीको क्षेत्रलाई प्राथमिकता दिने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us