
काठमाण्डु, २६ कात्तिक–एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयता विरोधी भएको आरोप लगाउँदै बन्दको प्रतिकार गर्न सबैलाई आग्रह गरेकी छन् ।
काठमाण्डु क्षेत्र नं. ७ अन्तर्गत बाङ्गेमुढा क्षेत्रमा घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै यमीले चुनावविरुद्ध बन्द हड्तालमा उत्रिएर मोर्चाले संघीयता र जनपक्षीय संविधानविरोधी काम गरेको आरोप लगाइन् ।
सोमबार आह्वान गरिएकोे बन्दको प्रतिकारमा आफूहरु सडकमा निस्किएको भन्दै नेतृ यमीले मोर्चाको बन्दको अवज्ञा गर्न आम जनसमुदाय तथा कार्यकर्तालाई आग्रह गरिन् । ‘जनपक्षीय संविधान लेख्ने र जनतालाई अधिकार सम्पन्न बनाउने बेलामा वैद्य नेतृत्वको मोर्चाले बन्द हड्ताल गरेर संविधानसभा विफल पार्न खोजेको छ,’ नेतृ यमीले भनिन्, ‘हामी सबै मिलेर यसलाई प्रतिकार गर्नुपर्छ ।’
वैद्य नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द हड्तालले निर्वाचन बिथोल्न नसक्ने उनको भनाइ छ ।