जाजरकोट, २७ कात्तिक- जिल्लामा पाँच वर्षमुनिका एक तिहाइ बालबालिका निमोनिया पीडित भएको पाइएको छ । जिल्लाका पाँच वर्षमुनिका २६ हजार ८०० बालबालिकामध्ये सात हजार ४५५ बालबालिका निमोनियाबाट पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निमोनिया पीडितमध्ये ४९५ बालबालिकालाई कडा खालको निमोनिया भएको जिल्ला...
काठमाण्डु, २७ कात्तिक–काठमाण्डुको गौशालामा मंगलबार राती भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । एयरपोर्टबाट गौशलातर्फ जाँदै गरेको बा ८ च २०४० नम्बरको निजी कार अनियन्त्रीत भै तिलगंगा नजिकै बागमती पुलबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
गोर्खा, २७ कात्तिक–एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीलाई देश बनाउने मत दिन अपिल गरेका छन् । बुधबार विहान गोरखा नगरपालिकाको बराहक्षेत्रमा घरदैलोको कार्यक्रममा उनले आफ्नो जित परिवर्तन र विकासको पक्षमा हुने बताए । गोरखा क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका भट्टराईले...
भरतपुर, २७ कात्तिक–नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले यसपटकको संविधानसभा निर्वाचनमा काँग्रेसको जित निश्चित भएको बताएकी छन् । चितवनको नारायणगढमा कोइरालाले बुधबार बिहान पार्टी कार्यकर्तासँगको छलफलमा उनले संकटमा परेको देशलाई बचाउन लोकतान्त्रिक शक्तिको जीत अनिवार्य भएको बताइन् । यसपटक काँग्रेसको पक्षमा जनलहर देखिएकोले काँग्रेस पहिलो...
काठमाण्डु, २७ कात्तिक–नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको यातायात बन्दको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा बुधबार काठमाण्डुमा शान्ति र्याली निकालिएको छ । बन्द फिर्ता लिन पटक–पटक आग्रह गरे पनि मोर्चाले अस्वीकार गरेपछि महासंघले सवारी साधन सहित र्याली आयोजना गरेको हो । र्याली शुरु हुनु अघि खुलामन्चमा...
काठमाण्डु, २७ कात्तिक– गणतन्त्र स्टोनियाले कुटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । स्टोनियाका लागि एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक विदेशमन्त्री भाइनो रेनार्ट र शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले एक कार्यक्रमबीच कार्यालयको उदघाटन गरे । कार्यक्रममा नेपालका लागि स्टोनियाका नवनियुक्त महावाणिज्यदूत...
काठमाण्डु, २७ कात्तिक । नेकपा–माओवादीसहितको मोर्चाले आह्वान गरेको यातायात बन्द क्रमशः निस्तेज बन्दै गएको छ । दैनिक श्रम गरेर जीवन गुजारा गर्ने निम्नवर्ग र समुदायका श्रमिकले नै यातायात सुचारु गराएपछि बन्द विफल बन्दै गएको हो । बन्द भनिएपनि बुधबार उपत्यकामा निजी तथा सार्वजनिक सवारी...
कन्चनपुर, २७ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको स्कर्टिङमा खटिएको सुरक्षाकर्मीलाई लक्षित गर्दै कन्चनपुरमा बुधबार विहान बम विष्फोट गराइएको छ । कन्चनपुरको बेलौरीको जनसभालाई सम्वोधन गर्न त्यसतर्फ गैरहेकोबेला ढक्कापुर भन्ने स्थानमा बम विष्फोट भएको हो । बर्दिया पुल र बेलौरीको...
सल्यान, २७ कात्तिक–सल्यानमा सडक बन्द गर्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती राजमार्गअन्तर्गत रिम गाविसमा सडकमा ढुङ्गा राखेर बन्द गर्न खोज्ने रिम गाविस–३ का २१ वर्षीय विशाल रोका र १८ वर्षीय भुपेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको हो । सडकमा ढुङ्गा राखेर बन्द...
दोलखा, २७ कात्तिक–दोलखाको काब्रे गाविसस्थित मैनापोखरी बजारमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति दोहोरो झडप र ढुङ्गा हानाहान हुँदा दुवै पक्षका केही कार्यकर्ता र म्यादी प्रहरीसमेत घाइते भएका छन् । काँग्रेस कार्यकर्ताले मैनापोखरीमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका...
भोजपुर, २७ कात्तिक–एकीकृत नेकपा माओवादी भोजपुर क्षेत्रनम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार सुधन किराँतीमाथि ग्रिनेट प्रहार भएको छ । घरदैलो कार्यक्रममा रहेकैबेला गोगने खोलामा किराँतीमाथि ग्रिनेट प्रहार भएको हो । राई सहितको टोली गोगने गाविसको चुनावीसभा सकेर कोट गाविस फर्किदै गर्दा आक्रमण भएको एमाओवादी भोजपुरले...
सुन्दरीजल, २७ कात्तिक– बिहानै शङ्कास्पद बस्तु भेटिएपछि जोरपाटी क्षेत्र आतङ्कित बनेको छ । शङ्कास्पद वस्तु बम भएको आशङ्कामा सो भेगभएर चल्ने यातायात पनि अवरुद्ध भएको छ । दोस्रो संविधानसभाको मुखमा निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले घोषणा गरेको यातायात बन्दको तेस्रो दिन बिहानै जोरपाटीचोकको चामुडा गेटका...