
भोजपुर, २७ कात्तिक–एकीकृत नेकपा माओवादी भोजपुर क्षेत्रनम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार सुधन किराँतीमाथि ग्रिनेट प्रहार भएको छ । घरदैलो कार्यक्रममा रहेकैबेला गोगने खोलामा किराँतीमाथि ग्रिनेट प्रहार भएको हो ।
राई सहितको टोली गोगने गाविसको चुनावीसभा सकेर कोट गाविस फर्किदै गर्दा आक्रमण भएको एमाओवादी भोजपुरले जनाएको छ । आक्रमण भए पनि किराँतीसहित सबै सुरक्षित रहेका छन् ।
आक्रमणकारीको पहिचान नभएको प्रहरीले जनाएको छ ।