गणतन्त्र स्टोनियाको कार्यालय नेपालमा

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ६:३१ मा प्रकाशित

DSC_7567काठमाण्डु, २७ कात्तिक– गणतन्त्र स्टोनियाले कुटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । स्टोनियाका लागि एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक विदेशमन्त्री भाइनो रेनार्ट र शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले एक कार्यक्रमबीच कार्यालयको उदघाटन गरे ।

कार्यक्रममा नेपालका लागि स्टोनियाका नवनियुक्त महावाणिज्यदूत नवराज दाहालले आफ्नो पदभार ग्रहण गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीस“ग कुरा गर्दै दाहालले नेपाल र स्टोनियाबीच कुटनीतिक सम्बन्ध विस्तार हुनु सुखद् विषय भएको उल्लेख गरे । आफ्नो कार्यकालमा स्टोनियाका पर्यटक नेपाल भित्र्याउनु र नेपालमा उत्पादित पश्मिना लगायत सामग्री निर्यात गर्नु मुख्य उद्देश्य रहने जानकारी उनले दिए ।

सोभियत संघको पतनस“गै सन् १९९१ मा स्वतन्त्र मुलुक बनेको स्टोनियाले सन् २००४ मा युरोपेली संघको सदस्यता लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us