
भरतपुर, २७ कात्तिक–नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले यसपटकको संविधानसभा निर्वाचनमा काँग्रेसको जित निश्चित भएको बताएकी छन् । चितवनको नारायणगढमा कोइरालाले बुधबार बिहान पार्टी कार्यकर्तासँगको छलफलमा उनले संकटमा परेको देशलाई बचाउन लोकतान्त्रिक शक्तिको जीत अनिवार्य भएको बताइन् ।
यसपटक काँग्रेसको पक्षमा जनलहर देखिएकोले काँग्रेस पहिलो पार्टी बन्ने कोइरालाको दावी छ ।
पार्टी सभापति कोइरालालाई विजयी बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्दै उनले पहिले जस्तो हतियारको बलमा चुनाव नहुने भएकाले निष्पक्ष चुनाव हुनेमा विश्वास व्यक्त गरिन् ।