भट्टराईले मागे देश बनाउने मत

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ६:३७ मा प्रकाशित

Baburam-Bhattaraiगोर्खा, २७ कात्तिक–एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीलाई देश बनाउने मत दिन अपिल गरेका छन् । बुधबार विहान गोरखा नगरपालिकाको बराहक्षेत्रमा घरदैलोको कार्यक्रममा उनले आफ्नो जित परिवर्तन र विकासको पक्षमा हुने बताए ।

गोरखा क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका भट्टराईले आफूले जितेपछि संविधान निर्माणमा पहिलो ध्यान दिने र गोरखाका साथै देश विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने योजना सुनाए ।

नेपालमा संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, समानसहभागिताजस्ता मुद्दा स्थापित गर्ने एकीकृत माओवादी नै रहेको भन्दै उनले अग्रगामी संविधान बनाउन आफ्नो पार्टीमात्र सक्षम रहेको दावी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us