शङ्कास्पद बस्तुले जोरपाटी क्षेत्र आतङ्कित

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ३:२३ मा प्रकाशित

सुन्दरीजल, २७ कात्तिक– बिहानै शङ्कास्पद बस्तु भेटिएपछि जोरपाटी क्षेत्र आतङ्कित बनेको छ । शङ्कास्पद वस्तु बम भएको आशङ्कामा सो भेगभएर चल्ने यातायात पनि अवरुद्ध भएको छ ।

दोस्रो संविधानसभाको मुखमा निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले घोषणा गरेको यातायात बन्दको तेस्रो दिन बिहानै जोरपाटीचोकको चामुडा गेटका तीन ठाउँमा शङ्कास्पद अवस्थामा राखिएका बस्तु फेला परेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीले तयारी गरिरहेको छ । सो वस्तु नेकपा–माओवादीले राखेको बम हुन सक्ने प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us