दोलखामा काँग्रेस–एमाले झडप

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ३:५३ मा प्रकाशित

TheKingdomOfNepal.com: Dolakha District Mapदोलखा, २७ कात्तिक–दोलखाको काब्रे गाविसस्थित मैनापोखरी बजारमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति दोहोरो झडप र ढुङ्गा हानाहान हुँदा दुवै पक्षका केही कार्यकर्ता र म्यादी प्रहरीसमेत घाइते भएका छन् ।

काँग्रेस कार्यकर्ताले मैनापोखरीमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै पार्टी कार्यालय रहेको घरमा ढुङ्गामुढा गरी क्षति पु¥याएका छन् । झडपका क्रममा बजारका अन्य केही घरमा समेत क्षति पुगेको छ । चुनावी प्रचारमा प्रयोग गरिएको काँग्रेस उम्मेदवार जिपछिरिङ लामाका सहित दुवै पक्षका चारवटा सवारीसाधनमा तोडफोड भएको छ । घटनामा एकजना म्यादी प्रहरी घाइते भएका छन् । दुवै दलका केही कार्यकर्ता घाइते भए पनि उनीहरुको नाम खुल्न सकेको छैन ।

दोलखाको च्यामा गाविसमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएर फर्कंदै गरेका एमाले कार्यकर्ताले मैनापोखरी बजारमा काँग्रेसविरुद्ध नाराबाजी गरेपछि झडप भएको हो । मैनापोखरी बजारमा काँग्रेसले मंगलबार क्षेत्रीयस्तरको चुनावीसभा गरेको थियो । सोही सभामा सहभागी हुन आएका काँग्रेस कार्यकर्ता र च्यामाबाट फर्कंदै गरेका एमाले कार्यकर्ताबीच झडप भएको हो ।

घटना साम्य पार्न नसकेपछि मैनापोखरीका प्रहरीनायब निरीक्षकलाई जिल्ला फिर्ता बोलाइएको छ । झडपपछि मैनापोखरी बजारको अवस्था तनावपूर्ण रहेको छ भने स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय जिरी र जिल्ला प्रहरी कार्यालयबाट दुईजना प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनास्थलमा अहिले पनि झडप हुने सम्भावना बढेर गएको छ । दुवै पक्षका कार्यकर्ता घरेलु हतियारसहित एकीकृत भइरहेका छन् ।

नेकपा एमालेले दुई दिनअघि मात्रै बाहिरबाट भाडाका युवा आयात गरेलगत्तै मैनापोखरीमा झडप भएको हो । निर्वाचनको प्रचारको सुरुवातदेखि नै एमालेले जिल्ला बाहिरका युवाहरुलाई परिचालन गर्दैै आएको छ । गएराति मैनापोखरीमा भएको झडपमा पनि ती युवालाई प्रयोग गरेको नेपाली काँगे्रस दोलखाले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us