समाचार

मुस्लिम समुदाय मोहर्रम पर्व मनाउँदै

२०७० कार्तिक २८ गते ४:४७

बाँके, २८ कात्तिक । असत्यमाथि सत्यको विजय भएको सम्झनामा मुस्लिम समुदायले विहीबार विश्वभर धुमधामसँग मोहर्रम पर्व मनाइरहेका छन् । तेह्र सय वर्ष पहिला मुस्लिमको हक र अधिकारका लागि इराकमा भएको यजिद (दुसमन)का सेनासँग भएको युद्धमा हजरत इमाम हुसेन र हजरत इमाम हसन नमाज पढिरहेका...

दुई महिलाको शव भेटिए

२०७० कार्तिक २८ गते ४:४१

गौशाला, २८ कात्तिक–महोत्तरीको छुट्टाछुट्टै दुई स्थानमा दुई महिलाको शव फेला परेको छ ।     जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जिल्लाको खुट्टा पिपराढी गाविस–९ मा एक र औरही गाविस–३ मा एक गरी दुईवटा शव बरामद भएको हो । प्रहरी निरीक्षक इकबाल हवाडीका अनुसार खुट्टा पिपराढी...

स्वतन्त्र उम्मेदवार एमाओवादीमा

२०७० कार्तिक २८ गते ४:३४

हेटौडा, २८ कात्तिक–मकवानपुर क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डबल तितुङ एमाओवादीमा प्रवेश गरेका छन् । तितुङले एमाओवादी उम्मेदवार सोनामसिंह स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । तितुङले यसअघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तितुङले विहीबार पत्रकार सम्मेलन...

‘मार्न खोज्नेले पनि राष्ट्रको नेता स्वीकारे’

२०७० कार्तिक २८ गते ४:३३

काठमाण्डु, २८ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भौतिकरुपले सिध्याउने खेल भैरहेको आशंका गरेका छन् । युद्धकालमा पनि हत्याको योजना भएको चर्चा गर्दै उनले आफूविरुद्ध भैरहेका षडयन्त्र नौलो नलागेको बताए । भौतिक रुपमा सिध्याउन खोज्नेले पनि आफूलाई राष्ट्रको नेता स्वीकारेको प्रचण्डको भनाइ छ...

राप्रपा नेपालबाट वीपीको बदनाम : पौडेल

२०७० कार्तिक २८ गते ४:२८

विराटनगर, २८ कात्तिक–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राप्रपा नेपालले वीपी कोइरालाको बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । पञ्चायतकालमा वीपीलाई फाँसी दिनुपर्छ भन्ने दरबारीया शक्तिले अहिले बीपीको सिद्धान्त र आदर्श मिलेको भन्दै वीपीको तस्विर सहित चुनाव प्रचार गरिरहेकोमा उनले आपत्ति जनाएका हुन् । नेपाल...

रामशरणको बाटोमा बम

२०७० कार्तिक २८ गते ४:२५

विदुर, २८ कात्तिक–नुवाकोटको सुन्दरादेवी गाविस वडा नं ७ सातविसेमा विहीबार विहान सबेरै प्रेसर कुकर बम भेटिएको छ । नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार डा. रामशरण महत समुन्द्रटारको चुनावी सभामा जाँदै गर्दा बाटोमा बम भेटिएको हो । बमलाई लाम्टाङ्ग राष्ट्रिय...

वैद्य माओवादीका नेताको घरमा छापा

२०७० कार्तिक २८ गते ४:२५

गोलबजार, २८ कात्तिक–चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका छजना जिल्ला नेता तथा कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले छापा मारेको हो । माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सहइन्चार्ज जमदह–९ का दीपेश लामा, लालपुर–४ का शम्भु...

शुक्रबारदेखि मतदाताको हातमा परिचयपत्र

२०७० कार्तिक २८ गते ४:१५

काठमाण्डु, २८ कात्तिक– निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता परिचय पत्र वितरण शुरु गर्ने तयारी गरेको छ । प्रायजसो जिल्लामा मतदाता परिचयपत्र पठाइसकेकाले आफूले मतदान गर्ने मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैलाई आग्रह गरेको छ । परिवारका सबै सदस्य परिचय पत्र लिन जान नपाए घरको मूलीले...

वैद्य माओवादी झापाका युवा इन्चार्ज पक्राउ

२०७० कार्तिक २८ गते ४:११

काठमाण्डु, २८ कात्तिक–प्रहरीले नेकपा–माओवादी झापाको युवा इन्चार्ज नरेश सन्जेल सहित ६ जनालाई विहीबार पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरेको हो । झापामा बिभिन्न दलका ३ उम्मेदवारलाई वैद्य माओवादीबाट अपहरण परेका थिए  भने बम बिष्फोट र...

अठार जुवाडे पक्राउ

२०७० कार्तिक २८ गते ४:०२

चितवन, २८ कात्तिक–जुवा खेलिरहेको अवस्थामा बुधबार राति पश्चिम चितवनको रामपुरबाट १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलपुर गाउँ विकास समिति–२ स्थित रामपुर बजारटोलमा जुवा खेलिरहेको सुराकी पाएपछि प्रहरीले जुवाकै खालबाट उनीहरुलाई राति १२ बजे नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए ।...

जंगलबाट अत्याधुनिक हतियार बरामद

२०७० कार्तिक २८ गते ३:५९

जाजरकोट, २८ कात्तिक–प्रहरीले जाजरकोटको खलंगाबाट ६ थान थ्री नट थ्री राईफल र एके फोर्टी सेभेन राइफलमा प्रयोग हुने ३ सय ८५ राउण्ड गोली बरामद गरेको छ । खलंगा–८ को रानीवनमा लुकाई राखेको अवस्थामा सो हतियार बरामद भएको हो । विशेष सूचनाको आधारमा जंगलमा छापा...

घरमा खाना खान बोलाएर हत्या

२०७० कार्तिक २८ गते ३:५०

नेपालगन्ज, २८ कात्तिक– बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । स्थानीय वीरबहादुर बिसीको घरमा भएको विवादमा २३ वर्षीय पूर्ण कुँवरको हत्या भएको हो । बिसीले छिमेकीलाई खाना खुवाउन बुधबार राती आफ्नो घरमा बोलाएको र आपसी विवादमा छुरा प्रहारबाट कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us