
हेटौडा, २८ कात्तिक–मकवानपुर क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डबल तितुङ एमाओवादीमा प्रवेश गरेका छन् । तितुङले एमाओवादी उम्मेदवार सोनामसिंह स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
तितुङले यसअघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
तितुङले विहीबार पत्रकार सम्मेलन गरी एमाओवादीले उठाएका मुद्दा सही भएकोले उम्मेदवारी फिर्ता लिएर एमाओवादीलाई जिताउन सहयोग गर्ने बताए । ‘अरु दल संघियता र पहिचानबारे प्रष्ट भएनन्, त्यसैले एमाओवादीलाई समर्थन गरें,’ तितुङले भने ।