रामशरणको बाटोमा बम

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:२५ मा प्रकाशित

Ramsharan-Mahatविदुर, २८ कात्तिक–नुवाकोटको सुन्दरादेवी गाविस वडा नं ७ सातविसेमा विहीबार विहान सबेरै प्रेसर कुकर बम भेटिएको छ । नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार डा. रामशरण महत समुन्द्रटारको चुनावी सभामा जाँदै गर्दा बाटोमा बम भेटिएको हो ।

बमलाई लाम्टाङ्ग राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो ।

बुधबार राती नुवाकोटको हल्देकालिकामा भएको बम विस्फोटमा स्थानीय शिवराम गिरी घाईते भएका थिए । नुवाकोटमा गएराति पाँच स्थानमा बम फेला परेकोमा ककनी, रातमाटे र हल्देकालिका गाविसमा विष्फोट भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us