जंगलबाट अत्याधुनिक हतियार बरामद

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:५९ मा प्रकाशित

Jajarkotजाजरकोट, २८ कात्तिक–प्रहरीले जाजरकोटको खलंगाबाट ६ थान थ्री नट थ्री राईफल र एके फोर्टी सेभेन राइफलमा प्रयोग हुने ३ सय ८५ राउण्ड गोली बरामद गरेको छ । खलंगा–८ को रानीवनमा लुकाई राखेको अवस्थामा सो हतियार बरामद भएको हो ।

विशेष सूचनाको आधारमा जंगलमा छापा मार्दा खाल्डोमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा हतियार फेला पारिएको प्रहरीले जनाएको छ । हतियारमा खिया लागेको जनाईएको छ ।

केहीसमय अघि पनि त्यही ठाउँबाट प्रहरीले एक थान टुइन्च मोर्टार सहित ४४ थान हतियार बरामद गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us