अठार जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:०२ मा प्रकाशित

चितवन, २८ कात्तिक–जुवा खेलिरहेको अवस्थामा बुधबार राति पश्चिम चितवनको रामपुरबाट १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलपुर गाउँ विकास समिति–२ स्थित रामपुर बजारटोलमा जुवा खेलिरहेको सुराकी पाएपछि प्रहरीले जुवाकै खालबाट उनीहरुलाई राति १२ बजे नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम र जुवाको खालबाट बरामद भएको रकमको बारेमा प्रहरीले जानकारी दिएको छैन ।

स्थानीय इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानपछि थप कारबाही अगाडि बढाउने प्रवक्ता राउतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us