वैद्य माओवादी झापाका युवा इन्चार्ज पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:११ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–प्रहरीले नेकपा–माओवादी झापाको युवा इन्चार्ज नरेश सन्जेल सहित ६ जनालाई विहीबार पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

झापामा बिभिन्न दलका ३ उम्मेदवारलाई वैद्य माओवादीबाट अपहरण परेका थिए  भने बम बिष्फोट र आगजनीका गतिविधि पनि भैरहेको छ । सोही गतिविधिमा सलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

शंकास्पद गतिविधिमा लागेको भन्दै प्रहरीले काठमाण्डु उपत्यकाबाट १९ जनालाई पछिल्लोपटक पक्रेको छ । कीर्तिपुरमा पेट्रोल भरेर राखिएका बोतल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us