कार दुर्घटनामा दम्पत्तिको मृत्यु, ३ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ६:५७ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक–काठमाण्डुको गौशालामा मंगलबार राती भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् । एयरपोर्टबाट गौशलातर्फ जाँदै गरेको बा ८ च २०४० नम्बरको निजी कार अनियन्त्रीत भै तिलगंगा नजिकै बागमती पुलबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक पुरानो बानेश्वरका ३५ बर्षीय बिमल गिरी र उनकी पत्नी पुष्पा गिरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका दुबैको उपचारका क्रममा काठमाण्डु मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका पुरानो बानेश्वरका विपना क्षेत्री, लिला ढकाल र नारायण मैनालीको काठमाण्डु मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us