सुनसरी, २६ कात्तिक–सुनसरीको सिंगियामा सोमबार साँझ आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । सिंगिया–४ धमौरामा घुर बाल्ने क्रममा आगो सल्किदा स्थानीय झुवाई चौधरी, सविता चौधरी, विन्देश्वर चौधरी, खुशीलाल चौधरी र खेलु चौधरीको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । झुवाई चौधरीको घरबाट...
काठमाण्डु, २५ कात्तिक–आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिले सुरक्षा व्यवस्थालाई मजबुत बनाउने र सवारी साधनमा भएको क्षतिवापतको रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको समितिको बैठकले संविधानसभा निर्वाचनलाई सफल बनाउन सञ्चालन गर्नुपर्ने सबै उपायहरु अवलम्बन गर्ने निर्णय...
काठमाण्डु २५ कात्तिक–सरकारले उपेन्द्रकान्त अर्याललाई मंसिर १ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक कुवेर राना विदामा बसेपछि मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । अघिल्लो साता अरिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका अर्याललाई प्रहरी...
टिकापुर, २५ कात्तिक–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेसका कारण मुलुकमा १५ हजार मानिसको ज्यान गएको आरोप लगाएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत कैलालीको टिकापुरमा सोमबार भएको सभामा उनले संविधानसभाको निर्वाचन माग गर्दा संकटकाल लगाएर काँग्रेस नेतृत्वको तत्कालीन सरकारले १५...
काठमाण्डु, २५ कात्तिक– निर्वाचन आयोगले लोकतन्त्रमा शान्तिपूर्ण तवरबाट असहमति व्यक्त गर्ने अधिकार सबै नेपालीलाई भएपनि अरुको अधिकारको हनन हुने गरी बन्द गरेर अवरोध गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । बन्दको क्रममा सोमबार राजनीतिक दल, उम्मेदवार र मतदाताप्रति लक्ष्य गरी कतिपय ठाउँमा भएका तोडफोड, आगजनी...
पर्वत, २५ कात्तिक– संविधानसभाको चुनावको मिति नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि उत्तिकै बढ्न थालेको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाको बन्द आह्वानसँगै भएका तोडफोड, आक्रमण र विष्फोटका घटनाहरुले सुरक्षा निकायहरुमा थप चुनौतीका साथै जिम्मेवारी थपिएको छ । संविधानसभालाई बिथोल्ने घोषणा आएपछि नेपाली सेना पनि निर्वाचन...
सुर्खेत, २५ कात्तिक–एकीकृत माओवादीको उम्मेदवारसहितको टोलीमाथि नेपाली काँग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । सुर्खेत–३ का उम्मेदवार नरबहादुर विष्टसहितको टोली चुनावी प्रचारका लागि सम्पर्क कार्यालयबाट निस्कन लाग्दा नजिकै रहेका काँग्रेस कार्यकर्ताले गालीगलौज गर्दै आक्रमण गरेको एमाओवादी सुर्खेतले जनाएको छ । आक्रमणमा एमाओवादीका केही कार्यकर्ता घाइते...
जनकपुर, २५ कात्तिक- जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत महेन्द्रनगर नयाा बजारस्थित औरही नदी पुलमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । पुलमा बम राख्ने कार्यले उक्त भेगका बासिन्दा त्रसित भएका छन् । त्यस्तै, टोलीले सो पुलको दक्षिणतर्फ रहेको पसललाई लक्ष्यित गरी राखिएको...
ताप्लेजुङ, २५ कात्तिक– एकीकृत माओवादीले सदरमुकाम फुङलिङमा गरेको चुनावी सभामा बम भेटिएको छ । फुङलिङको तोक्मेडाँमा चुनावीसभा भइरहेको समयमा सोमबार बम भेटिएको हो । बम देखेपछि सभामा सहभागी हुन आएका सर्वसाधारणबीच भागाभाग चलेको थियो । यद्यपि सुरक्षा निकायले भने बम भए/नभएको पुष्टि गरिसकेको छैन...
झापा, २५ कात्तिक– नेकपा माले झापा– ३ का उम्मेदवार नवराज खरेल अपहरणमुक्त भएका छन् । उनलाई जलथलस्थित आफ्नै घरबाट सोमबार बिहान मोटरसाइकलमा आएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी कार्यकर्ताले अपहरण गरेर लगेका थिए । दुई वटा मोटरसाइकलमा आएका अपरिचितले काम छ भन्दै खरेललाई लिएर गएका...
काठमाण्डु, २५ कात्तिक– आमहड्ताल गर्दै बन्द गर्न सुरु गरेको नेकपा–माओवादी बन्दको विरोधमा अवज्ञा गर्न उत्रिएका एकीकृत माओवादी लगायत दलका नेताहरुबीच एकै मञ्चमा घम्साघम्सी परेको छ । काठमाण्डुमा आयोजित साक्षात्कारमा बन्द गराउने पार्टीका नेता र बन्दको विराध गर्ने पार्टिका नेताहरुले आ–आफ्नो धारणा राख्दै एकले अर्काको...
काठमाण्डु, २५ कात्तिक– विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का पूर्व उपकुलपति तथा वैज्ञानिक प्रा.डा.दयानन्द ब्रजाचार्यको निधन भएको छ । काठमाण्डुको चाहबिलस्थित ओम अस्पतालका उनको सोमबार निधन भएको हो । ६९ वर्षको उमेरमा निधन भएका उनको शोभाभगवतीमा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ । जर्मनीस्थित फ्राइबर्ग विश्वविद्यालयबाट...