एमाओवादी उम्मेदवारसहितको टोलीमाथि काँग्रेस कार्यकर्ताको आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १२:४२ मा प्रकाशित

सुर्खेत, २५ कात्तिक–एकीकृत माओवादीको उम्मेदवारसहितको टोलीमाथि नेपाली काँग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् ।
सुर्खेत–३ का उम्मेदवार नरबहादुर विष्टसहितको टोली चुनावी प्रचारका लागि सम्पर्क कार्यालयबाट निस्कन लाग्दा नजिकै रहेका काँग्रेस कार्यकर्ताले गालीगलौज गर्दै आक्रमण गरेको एमाओवादी सुर्खेतले जनाएको छ ।

आक्रमणमा एमाओवादीका केही कार्यकर्ता घाइते भएका छन् । एमाओवादी र काँग्रेस क्षेत्र नम्बर–३ का उम्मेदवारको सम्पर्क कार्यालय उत्तरगङ्गा गाविसको ऐरी चोकमा सँगसँगै रहेका छन् ।

एमाओवादीले काँग्रेसले एक्कासी आफ्ना उम्मेदवारसहितको चुनावी प्रचार टोलीमाथि आक्रमण गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । साथै सुरक्षाको प्रत्याभूति दिन पनि उसले प्रशासनसँग माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us