प्रा.डा दयानन्द ब्रजाचार्यको निधन

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ९:५२ मा प्रकाशित

Dayananda Bajracharyaकाठमाण्डु, २५ कात्तिक– विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का पूर्व उपकुलपति तथा वैज्ञानिक प्रा.डा.दयानन्द ब्रजाचार्यको निधन भएको छ ।

काठमाण्डुको चाहबिलस्थित ओम अस्पतालका उनको सोमबार निधन भएको हो । ६९ वर्षको उमेरमा निधन भएका उनको शोभाभगवतीमा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ ।

जर्मनीस्थित फ्राइबर्ग विश्वविद्यालयबाट प्लान्ट सायन्समा विद्यावनरिधि गरेका उनी लेखक तथा स्तम्भकार समेत हुन् । उनको पछिल्लो पुस्तक ‘वैज्ञानिक गोरेटो’ले चर्चा बटुलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us