वैद्य माओवादीद्वारा अपहरित उम्मेवार मुक्त

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १२:१४ मा प्रकाशित

झापा, २५ कात्तिक– नेकपा माले झापा– ३ का उम्मेदवार नवराज खरेल अपहरणमुक्त भएका छन् ।
उनलाई जलथलस्थित आफ्नै घरबाट सोमबार बिहान मोटरसाइकलमा आएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी कार्यकर्ताले अपहरण गरेर लगेका थिए । दुई वटा मोटरसाइकलमा आएका अपरिचितले काम छ भन्दै खरेललाई लिएर गएका थिए ।

खरेललाई नेपाल पत्रकार महासंघको पहलमा अपहरण मुक्त गराइएको हो । वैद्य माओवादी कार्यकर्ताहरुले संविधानसभा चुनावको औचित्य नभएको विज्ञप्ति जारी गर्न निर्देशन दिँदै आफूलाई छाडेको खरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us