
सुनसरी, २६ कात्तिक–सुनसरीको सिंगियामा सोमबार साँझ आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । सिंगिया–४ धमौरामा घुर बाल्ने क्रममा आगो सल्किदा स्थानीय झुवाई चौधरी, सविता चौधरी, विन्देश्वर चौधरी, खुशीलाल चौधरी र खेलु चौधरीको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् ।
झुवाई चौधरीको घरबाट सल्किएको थियो । आगलागीबाट भएको क्षतिको पूर्णविवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।