संबिधानसभा निर्वाचनका लागि चार दिन सार्वजनिक विदा

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १४:५७ मा प्रकाशित

Upendraकाठमाण्डु २५ कात्तिक–सरकारले उपेन्द्रकान्त अर्याललाई मंसिर १ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक कुवेर राना विदामा बसेपछि मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
अघिल्लो साता अरिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका अर्याललाई प्रहरी महानिरीक्षकमा सरकारले बढुवा गरेपछि पहिलो प्रहरी महानिरीक्षक हुने अपेक्षा राख्दै सर्वोच्च अदालत धाइरहेकी पार्वती थापा अव ‘रेस आउट’ भएकी छिन ।
प्रहरी महानिरीक्षक कुवेरसिंह राना अनिवार्य अवकाश पाउनु अघि विदामा बसिसकेका छन । उमेर हदका कारण कात्तिक २९ गतेदेखि रानाले अनिवार्य अवकाश पाउँदैछन । रानासँगै सात एआईजी र डिआईजीले पनि अवकाश पाउँदैछन । प्रहरी नायव महानिरीक्षक पार्वती थापाले आफू भन्दा कनिष्ठ अर्याललाई बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन ।
निर्वाचनका लागि चार दिन सार्वजनिक विदा

संबिधानसभा निर्वाचनमा मतदाताको संख्या बढाउन मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । अत्यावश्यक सेवामा खटिएका कर्मचारीले भने मंसिर ४ र ५ गते मात्रै विदा पाउने स्वास्थ्य मन्त्री बिद्याधर मल्लिकले बताए । ०६४ सालको संबिधानसभा निर्वाचनको वेला तत्कालीन सरकारले पाँच दिन सार्वजनिक विदा दिएको थियो ।
सरकारले बिशेष सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ । सो कार्यालयमा एक जना बिशेष श्रेणीका र नौ जना प्रथम श्रेणीका सहित २५ जना कर्मचारी रहने निर्णय गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us