बन्द गराउने र अवज्ञा गर्नेहरुबीच एकै मञ्चमा घम्साघम्सी

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ११:०५ मा प्रकाशित

debendra paudel and dev gurungकाठमाण्डु, २५ कात्तिक– आमहड्ताल गर्दै बन्द गर्न सुरु गरेको नेकपा–माओवादी बन्दको विरोधमा अवज्ञा गर्न उत्रिएका एकीकृत माओवादी लगायत दलका नेताहरुबीच एकै मञ्चमा घम्साघम्सी परेको छ ।

काठमाण्डुमा आयोजित साक्षात्कारमा बन्द गराउने पार्टीका नेता र बन्दको विराध गर्ने पार्टिका नेताहरुले आ–आफ्नो धारणा राख्दै एकले अर्काको विरोध गरेका हुन् । कार्यक्रममा एकथरी नेतथरी नेताले चुनाव स्थगित नगरुन्जेल बन्द फिर्ता नहुने अड्डी कसे भने अर्काथरी नेताहरुले बन्द फिर्ता नभए अवत्रा गर्ने चेतवनी दिए ।

साक्षात्कारमा प्रमुख दलका प्रभावशाली नेताहरुले नेकपा–माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै यातायात सुचारु हुने दावी गरेका हुन् । सो क्रममा एकीकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडेलले माओवादीको बन्दमा आफूहरुले पहिला जस्तै मोटरसाइकल र्‍याली र प्रचारप्रसारका गतिविधी जारी राखेको जानकारी दिँदै बन्दको अवज्ञा सुरु भइसकेको भन्दै यातायात सुचारु हुने दावी गरे ।

‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगिसकेको छ, अब यो स्थगित हुनै सक्दैन । निर्वाचन रोक्नु लोकतन्त्र र आन्दोलनको उपलब्धि विरुद्धको काम हुन्छ,’ पौडेलले भने, ‘राष्ट्रियता र लोकतन्त्रको रक्षाको लागि चुनावको विकल्प छैन ।’

त्यस्तै बन्द गराउने पार्टी नेकपा–माओवादीका सचिव देव गुरुङले निर्वाचन स्थगित भएर वार्ता प्रारम्भ नभएसम्म आफूहरुको आन्दोलनको कुनै पनि कार्यक्रम फिर्ता नहुने बतउ । एकले अर्कोलाई निषेध गरेर अघि बढेपछि असहमतिको रुपमा केही घटनाहरु घट्नु स्वभाविक भएको तर्क उनको थियो ।

उनले भने, ‘असहमतिको प्रक्रियाबाट अघि बढेपछि जे पनि हुन सक्छ । यस्तो अवस्थामा जतिसुकै शान्तिका कुरा गरे पनि हिंसा भई हाल्छ । असहमतिको प्रक्रिया स्वच्छ हुनै सक्दैन ।’ आफूहरुलाई निषेध गरेर निर्वाचन गर्नु निरंकुश चरित्र भएकोले यसले मुलुकलाई द्वन्द्वमा लाने भएकोले निर्वाचन रोकेर सहमति गर्नुपर्ने जिकिर गरे ।

नेपाली कांग्रेस प्रचार विभागका प्रमुख डा मिनेन्द्र रिजालले नेपाली जनताले नै भोलीबाट माओवादीको बन्द तोड्ने विश्वास व्यक्त गरे । उनले कुनै पनि नाममा जनताको मत हाल्ने अधिकार रोक्न खोजे त्यसको सुरक्षाकोलागि जुनसुकै सुरक्षा निकाय समेत परिचालन हुने ठोकुवा गरे ।

नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले नेपाली जनताले बन्दको अवज्ञा गर्ने र एमालेले पनि चुनाव प्रचारमा सवारी साधन चलाएर अवज्ञा गर्ने जानकारी दिए । बन्द जति गरे पनि नेपाली जनता मतदान गर्न जाने विश्वास उनको छ । उनले भने, ‘भोलीबाट गाडी चल्छ, बन्द खुल्छ, एमाले बन्द पर्खेर बस्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us