डोटीमा एमाओवादी प्रचार टोलीमाथि आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते २:२७ मा प्रकाशित

डोटी, २५ कात्तिक– एकीकृत नेकपा माओवादी डोटीका उम्मेदवार मोहन बममाथि अज्ञात समूहबाट आक्रमण भएको छ । आक्रमणबाट बमसहित १३ जना घाइते भएका छन् । 

घाइतेमध्ये बमको अवस्था गम्भीर छ । उनलाई उपचारकालागि अस्पताल भर्ना गरिएको छ । आक्रमणबाट एमाओवादीकी समानुपातिक उम्मेदवार कलावती ओझा पनि घाइते भएकी छन् ।

चुनाव प्रचार प्रसारको कार्यक्रमबाट फर्किने क्रममा आइतबार राती डोटीको तिखे गाविसमा उनीहरुमाथि आक्रमण भएको हो । एकीकृत माओवादीले काँग्रेस कार्यकर्ताले आक्रमण गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us