बन्दको अवज्ञा गर्दै पोखरामा भाडाका सवारीसाधन सञ्चालन,चितवनमा मोटराईकल रयाली

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ७:२९ मा प्रकाशित

चितवन, २५ कात्तिक–नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको प्रतिकारस्वरुप चितवनमा एकीकृत नेकपा माओवादीले मोटरसाइकल याली निकालेको छ ।
एमाओवादी निर्वाचन क्षेत्र नं ३ ले बन्दको विरोधस्वरुप याली निकालेको एमाओवादी चितवनका घनश्याम दाहाल अविनासले जानकारी दिए ।
नारायणगढको क्याम्पाचौरबाट सुरु भएको मोटरसाइकल याली पोखरा बसपार्क, आपटारी, बाइपास रोड, केन्द्रीय बस टर्मिन लगायत स्थानको परिक्रमा गर्दै नारायणगढको लायन्स चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले आह्वान गरेको आमहडतालको अवज्ञा गर्दै पोखरामा भाडाका सवारीसाधन चलेका छन ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएपछि पोखराको नगर क्षेत्र र लेखनाथ नगरपालिकाको बेगनासतालसम्म चल्ने माइक्रोबस चलेका छन् ।
बिहान बन्द रहेका अधिकांश पसल पनि फाट्टफुट्ट खुल्न थालेका छन् । निजी मोटरसाइकल पनि चलेका छन् । विभिन्न राजनीतिक दलले आफ्नो प्रचारप्रसारलाई पनि यथावत सञ्चालन गरिरहेका छन् । सङ्घीय समाजवादी दल कास्की क्षेत्र नं ३ का उम्मेदवार पानबहादुर घर्तीले नयाँबजारमा पञ्चेबाजासहित प्रचारप्रसार  गरी रहेका छन ।
आन्दोलनकारी कहीँकतै देखिएका छैनन् तर सम्भावित घटनालाई मध्यनजर गरी सेना, सशस्त्र र नेपाल प्रहरीले चोकचोक, भित्री सडकमा सुरक्षा दिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us