धरानमा पत्रकारको मौन जुलुस

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ३:५६ मा प्रकाशित

धरान, २५ कात्तिक–सुनसरी धरानका पत्रकार गोपाल देवान माथि आइतबार साँझ गोली हान्ने प्रयास भएको विरोधमा आइतबार सुनसरीका पत्रकारहरुले धरानमा मौन जुलुस निकालेका छन् । पत्रकार देवानलाई गोली हान्ने व्यक्तिको खोजी गरी कार्वाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै सुनसरीका पत्रकारहरुले मौन जुलुस निकालेका हुन् । 

प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा हुनुपर्ने माग गर्दे सोमबारै सुनसरीका पत्रकारहरुले विभिन्न निकायहरुमा ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ सुनसरीले जनाएको छ ।

शनिबार साँझ धरानमा देवानलाई अज्ञात व्यक्तिबाट गोली प्रहार भएको थियो । तर, उनले गोली छल्न सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us