समाचार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

२०७० कार्तिक २४ गते ३:३६

काठमाण्डु, २४ कात्तिक–नवलपरासी र महोत्तरीमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । नवलपरासीको हकुईमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ बर्षीय ओम नारायण चौधरी रहेका छन् । शनिबार बेलुकी पूर्वबाट पश्चिमतर्फ...

सेनाका जवान ग्रिनेटसहित पक्राउ

२०७० कार्तिक २४ गते ३:२८

बर्दिवास, २४ कात्तिक–महोत्तरीको बर्दिवासबाट नेपाली सेनाका जवान दीपक लिम्वु ग्रिनेटसहित पक्राउ परेका छन् । इलामको जितपुर ८ का ३२ वर्षीय पूर्व माओवादी लडाकु लिम्वु बर्दिवास १ स्थित ससुराली घरबाट पक्राउ परेका हुन् । उनको साथबाट दुई थान ग्रिनेट बरामद भएको प्रहरीले जनाएको छ ।...

वाइसीएलले एमाले नेता विष्टलाई लखेट्यो

२०७० कार्तिक २४ गते ३:१८

गुल्मी, २४ कात्तिक–एकीकृत नेकपा माओवादी निकट वाइसिएल नेपालको टोलीले गुल्मीको पुर्कोटदहमा नेकपा एमालेको चुनावी प्रचार टोलीलाई लखेटेको छ । वाइसिएल नेपाल १३ नम्बर इलाका भेलाको तयारी गरेको स्थलमा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको भन्दै उनीहरुलाई लखेटिएको हो । पुर्कोटदहको बजारमा वाइसिएलको टोली नारा जुलुससहित...

दाङ र बर्दिया बन्द

२०७० कार्तिक २४ गते ३:१२

घोराही, २४ कात्तिक–संविधानसभा निर्बाचनको विरोधमा उत्रिएको नेकपा–माओवादीले आइतबार दाङ र बर्दिया जिल्ला बन्द आह्वान गरेको छ । चार दलका शीर्ष नेताहरुलाई बहिष्कार गर्ने कार्यक्रम अनुसार विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमाओवादी अध्यक्ष पुष्पकमल...

प्रहरी महानिरीक्षक राना विदामा

२०७० कार्तिक २४ गते १:५५

काठमाण्डु, २४ कात्तिक– सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुबेर सिंह राना आइतबारदेखि बिदा बस्दैछन् । उमेर हदका कारण उनले यही कात्तिक २९ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन् । अनिवार्य अवकाश पाउनुभन्दा चार दिन अघि राना विदा बस्न लागेका हुन् । रानासँगै ७ एआईजी र...

प्रहरी जवानले आईजीपीलाई फोनमा भनेः श्रीमान-श्रीमती सँगै बस्न पाउनुपर्‍यो

२०७० कार्तिक २३ गते १५:१४

काठमाण्डु, २३ कात्तिक– प्रहरी हवल्दार तथा जवानहरुले प्रहरी सेवामै रहेका श्रीमान–श्रीमतीलाई एउटै युनिटमा बस्न पाउने व्यवस्था मिलाउन प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानासँग अनुरोध गरेका छन् । आईजीपी रानाले फोनमार्फत् समस्या तथा गुनासा सुनुवाई गर्ने क्रममा शनिबार प्रहरी हवल्दार तथा जवानहरुले सो अनुरोध गरेका हुन्...

संविधानसभा निर्वाचन २१ औं शताब्दीको महाभारत: सापकोटा

२०७० कार्तिक २३ गते १५:१०

चौतारा, २३ कात्तिक– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले ४ मंसिरको संविधानसभा निर्वाचन एक्काइसौं शताब्दीको महाभारत भएको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले चुनावलाई २१ औं शताब्दीको नयाँ महाभारतको लडाईंसँग तुलना गरेका हुन् । सापकोटाले निर्वाचनविरोधी गतिविधि गर्नेहरुसँग नडराउन...

निर्वाचन रोक्ने तागत कसैसँग छैनः खनाल

२०७० कार्तिक २३ गते १४:४७

सर्लाही, २३ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ गते संविधानसभा निर्वाचन सफल नभए मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने बताएका छन् । निर्वाचन रोक्नसक्ने तागत कसैसँग नभएको भन्दै उनले निर्वाचन सफल पार्न आह्वान गरे । नेकपा–माओवादी लगायतका शक्तिहरुलाई कुनै बैकल्पिक व्यवस्था गरी संविधान निर्माण...

उच्चस्तरीय समितिद्वारा आमहड्ताल फिर्ता लिन अपिल ‍(अपिलको पूर्ण पाठसहित)

२०७० कार्तिक २३ गते १२:२०

काठमाण्डु, २३ कात्तिक– उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचन लक्षित आमहड्ताल फिर्ता लिन अपिल गरेको छ । राजधानीमा शनिबार साँझ बसेको समिति बैठकले बन्द र हड्तालजस्ता पूर्वघोषित कार्यक्रम फिर्ता लिन सामूहिक अपिल गरेको हो । बैठकमा सहभागी...

‘बुथ क्याप्चर’को सपना नदेख्न सरकारको चेतावनी

२०७० कार्तिक २३ गते १२:२०

काठमाण्डु, २३ कात्तिक– सरकारले संविधानसभा निर्वाचनका लागि मतदाता र उम्मेदवारको लागि आवश्यक सुरक्षा पूर्ण प्रवन्ध मिलाइएको बताएको छ । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको बताएका हुन् । १० हजार १७ मतदान केन्द्रलाई केन्द्रित गरेर सरकारले निर्वाचन...

एकीकृत माओवादीका जिल्ला नेता अपहरित

२०७० कार्तिक २३ गते १२:१८

जाजरकोट, २३ कात्तिक– एकीकृत माओवादी जाजरकोट जिल्ला नेता लिले रानाको अपहरण भएको छ । माअ‍ोवादी जिल्ला सदस्य रानालाई करिब एक दर्जनको संख्यामा आएका नचिनेका मानिसहरुको समूहले शुक्रबार राति अपहरण गरेर अज्ञात स्थलतर्फ लगेको प्रहरीले जनाएको छ । एकीकृत माओवादी जिल्ला कार्यालयका सचिव लालबहादुर नेपालीले...

कुनै पनि नाममा बल प्रयोग नगर: पापड

२०७० कार्तिक २३ गते १२:१५

काठमाण्डु, २३ कात्तिक–लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड) ले ४ मंसिरको संविधानसभा निर्वाचन शान्तिपूर्ण बनाउने काममा लाग्न सबैको ध्यानाकर्षण गराएको छ । पापडका तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले एक अर्काप्रति लक्षित गरी बल प्रयोगको धम्की नदिन आग्रह...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us