संविधानसभा निर्वाचन २१ औं शताब्दीको महाभारत: सापकोटा

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १५:१० मा प्रकाशित

चौतारा, २३ कात्तिक– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले ४ मंसिरको संविधानसभा निर्वाचन एक्काइसौं शताब्दीको महाभारत भएको बताएका छन् agni sapkota
गृहजिल्ला सिन्धुपाल्चोकको चौतारामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा उनले चुनावलाई २१ औं शताब्दीको नयाँ महाभारतको लडाईंसँग तुलना गरेका हुन् ।

सापकोटाले निर्वाचनविरोधी गतिविधि गर्नेहरुसँग नडराउन आग्रह गर्दै अग्रगामी संविधान निमार्णका लागि आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरे । प्रवक्ता सापकोटाले संघीयता र शासकीय स्वरुपमा विचार मिल्ने शक्तिबीच एकताको खाँचो रहेको औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us