प्रहरी महानिरीक्षक राना विदामा

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १:५५ मा प्रकाशित

kuber ranaकाठमाण्डु, २४ कात्तिक– सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुबेर सिंह राना आइतबारदेखि बिदा बस्दैछन् । उमेर हदका कारण उनले यही कात्तिक २९ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

अनिवार्य अवकाश पाउनुभन्दा चार दिन अघि राना विदा बस्न लागेका हुन् । रानासँगै ७ एआईजी र डिआईजीले समेत २९ कात्तिकमा अनिवार्य अवकाश पाउँदैछन् ।

राना सेवा निवृत्त हुने भएपछि सरकारले केही दिन अघि एआईजी उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक पदमा बढुवा गरेको छ । गृहमन्त्रालयले अर्याललाई तत्कालकोलागि कायम मुकायम महानिरीक्षकको जिम्मेवारी दिने छ । अर्यालले २९ गतेदेखि भने महानिरीक्षक पदको औपचारिक जिम्मेवारी सम्हाल्नेछन् ।

यद्यपी डिआइजी पार्वती थापाले आफूभन्दा कनिष्ठ अर्याललाई बढुवा गरिएकोमा असन्तुष्टि जनाउँदै सर्बोच्चमा रिट दायर गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us