सेनाका जवान ग्रिनेटसहित पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ३:२८ मा प्रकाशित

बर्दिवास, २४ कात्तिक–महोत्तरीको बर्दिवासबाट नेपाली सेनाका जवान दीपक लिम्वु ग्रिनेटसहित पक्राउ परेका छन् । इलामको जितपुर ८ का ३२ वर्षीय पूर्व माओवादी लडाकु लिम्वु बर्दिवास १ स्थित ससुराली घरबाट पक्राउ परेका हुन् ।

उनको साथबाट दुई थान ग्रिनेट बरामद भएको प्रहरीले जनाएको छ ।

उनी केही समय अघि मात्र नेपाली सेनामा समायोजन भएका थिए । पक्राउपछि लिम्बुलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us