काँग्रेस र एमाले झडपमा ६ जना घाइते

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ५:२२ मा प्रकाशित

बाजुरा, २३ कात्तिक–मानाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हँुदा दुवै पक्षका गरी ६ जना घाइते भएका छन् ।
चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा मानाकोट वडा– ३ घोगालामा दुई पक्षबीच शुक्रबार झडप हुँदा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानाकोट गाविसका काँग्रेस उपसभापति मनबहादुर रोकायाको घरमा काँग्रेस कार्यकर्ताले खाना खाइरहेको अवस्थामा एमाले टोलीले आक्रमण गरेको काँग्रेस मानकोट गाउँ कार्य समितिका सभापति धनबहादुर रोकायाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us