समाचार

छठ पर्व श्रद्धापूर्वक मनाइँदै

२०७० कार्तिक २२ गते १:३८

काठमाण्डु, २२ कात्तिक–मिथिलाञ्चलको महापर्व छठ शुक्रबार काठमाण्डु उपत्यकालगायत तराई क्षेत्रमा श्रद्धापूर्वक मनाइँदैछ । नजिकको जलाशयमा नुहाइ धुवाई गरी शुक्रबार अस्ताउँदो सूर्यलाई विधिपूर्वक पहिलो अर्घ दिइन्छ । शनिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समाप्त हुन्छ । छठ पर्व मनाउन सरकारले शुक्रबार सार्बजनिक विदा...

आज विश्व सहरी योजना दिवस

२०७० कार्तिक २२ गते १:२६

काठमाण्डु, २२ कात्तिक–सहरी विकास योजना र मापदण्डलाई आम नागरिकमा पुर्याउने उद्देश्यले सरकारले शुक्रबार पहिलोपटक ‘विश्व सहरी योजना दिवस २०७०’ मनाउदै छ । पहिलो पटक सरकारी तवरबाटै मनाउन लागिएको सो दिवसको मूल नारा ‘सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड’ राखिएको छ । सहरी विकास...

प्रचारमा गएको ट्रयाक्टर पल्टँदा २० घाइते

२०७० कार्तिक २१ गते १७:२९

बाजुरा, २१ कात्तिक–नेकपा (एमाले) बाजुराले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत फालासैनको आमसभामा जाँदै गरेको से१त ९७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार २० जना एमाले कार्यकर्ता घाइते भएका छन् । त्यसमध्ये दुईजना सख्त घाइते भएको बताइएको छ । बाजुरा जिल्लाको बारबिर गाविसको बेतालमाडौँ बजारबाट कुल्देवमाडौँ...

नेपाल–भारत सीमा ४८ घण्टा बन्द गर्ने सहमति

२०७० कार्तिक २१ गते १६:३९

पर्सा, २१ कात्तिक–संबिधानसभा निर्वाचन भन्दा दुई दिन अगाडिदेखि नेपाल भारत सीमा बन्द गर्ने सहमति भएको छ । आसन्न संविधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रका अधिकारीहरूको बिहिवार सकिएको बैठकमा निर्वाचन सफल बनाउन दुवै राष्ट्रका सुरक्षा अधिकारीबीच सूचना अदानप्रदान गर्ने सहमति भएको भारत बिहार पूर्वी...

डीआईजी थापाबाट सर्वोच्चमा रिट

२०७० कार्तिक २१ गते १५:०२

काठमाण्डु, २१ कात्तिक– उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको एआईजीमा बढुवा गरिएको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले वरिष्ठता मिचेर बढुवा गरेको भन्दै डीआईजी पार्वती थापाले अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । रिटमा थापाले आफूभन्दा कनिष्ठलाई बढुवा गरिएकाले निर्णय खारेजीको माग गरेकी छन्...

रेग्मीविरूद्धको रिटको सुनुवाई चुनावपछि

२०७० कार्तिक २१ गते १२:५२

काठमाण्डु, २१ कात्तिक– बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा दायर सातवटा रिट निवेदनमा विहीबार हुने भनिएको सुनुवाइ फेरि मङ्सिर ६ गतेका लागि सारिएको छ । न्यायाधीशद्वय तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्की देशबाहिर जानुभएका कारण नौ सदस्यीय विशेष इजलास गठन हुन नसकेकाले...

बन्द, हड्ताल नगर्न सरकारको अपिल

२०७० कार्तिक २१ गते १२:२७

काठमाण्डु, २१ कात्तिक– सरकारले ४ मंसिरको संविधानसभा निर्वाचन प्रभावित गर्ने उद्देश्यले कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बन्द, हड्तालजस्ता कार्यक्रम गरी निर्वाचनमा बाधा अवरोध नपुर्याउन आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुुरा गर्दै स्वास्थ्य तथा स्थानीय...

नौ प्रदेशसहितको संघीय संरचनाको पक्षमा लिम्बुवान मोर्चा

२०७० कार्तिक २१ गते १२:१२

इटहरी–लिम्बुवान मुक्ति मोर्चाले नौ प्रदेशको संघीय संरचना बनाउनु पर्नेमा प्रस्ताव सार्वजनिक गरेको छ । लिम्बुवान, खम्बुवान, मधेस मिथिला, नेपाल मण्डल, तामाङसालिङ, तमुवान, मगरात, थरुहट र खसान प्रान्त रहनु पर्ने सो मोर्चाको प्रस्ताव छ । ती प्रस्तावित प्रान्तभित्र स्वायत्त प्रदेशहरूमा २१ वटा स्वायत्त क्षेत्र, लिम्बुवान...

आमहड्ताल छोट्याउने वैद्य मोर्चाको तयारी

२०७० कार्तिक २१ गते १२:०१

काठमाण्डु, २१ कात्तिक– चर्को दबाबपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन प्रभावित पार्ने उद्देश्यले घोषणा गरिएको आमहड्ताल छोट्याउन तयार देखिएको छ । वैद्य माओवादीले आगामी २५ कात्तिकदेखि ५ मंसिरसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ । उपाध्यक्ष सीपी गजुरेलले परिस्थिति हेरेर ३३ दलले घोषणा गरेको आमहडताल...

आचारसंहिता अनुगमनका लागि ५६ टोली खटाइने

२०७० कार्तिक २१ गते ११:४७

काठमाण्डु, २१ कात्तिक– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न देशभर विभिन्न ५६ वटा टोली खटाउने भएको छ । आयोगको बिहीबारको बैठकले अनुगमनका लागि ५६ टोली बनाएर देशभर पठाउने निर्णय गरेको हो । आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार प्रत्येक टोलीको नेतृत्व सचिव वा...

सुस्त मनस्थितिकी युवती बलात्कार गर्न खोज्ने पक्राउ

२०७० कार्तिक २१ गते ११:२३

काभ्रे, २१ कात्तिक – काभ्रेमा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार प्रयास गर्ने एक जना पक्रा परेका छन् । जिल्लाको उग्रचण्डीनाला–६ की १८ वर्षीया युवती बलात्कार गर्न खोज्ने मेच्छे–८ का इलमसिंह तामाङलाई प्रहरीेले बिहीबार पक्राउ गरेको हो । युवतीले हारगुहार गरेपछि गाउँलेले नियन्त्रणमा लिएर अभियुक्त तामाङलाई...

प्रमुख दलको अपरिपक्व नेतृत्वका कारण मुलुक सङ्कटमाः थापा

२०७० कार्तिक २१ गते ११:१०

हेटौँडा,  २१ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आम जनतालाई शान्ति सुरक्षाका साथै विकासको पूर्वाधार र आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गर्न जनताले राष्ट्रवादी शक्तिलाई मतदान गरेर नेतृत्व दिनुपर्ने बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा जिल्लाको क्षेत्र नं १ अन्तर्गत छतिवन गाविसको जुरेली तथा स्थानीय फापरबारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us