डीआईजी थापाबाट सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– उपेन्द्रकान्त अर्याललाई नेपाल प्रहरीको एआईजीमा बढुवा गरिएको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ ।
parbati thapaसरकारले वरिष्ठता मिचेर बढुवा गरेको भन्दै डीआईजी पार्वती थापाले अदालतमा बिहीबार रिट दायर गरेकी हुन् ।

रिटमा थापाले आफूभन्दा कनिष्ठलाई बढुवा गरिएकाले निर्णय खारेजीको माग गरेकी छन् । रिटमा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । गत कात्तिक १४ को मन्त्रिपरिषद् बैठकले अर्याललाई एआईजीमा बढुवा गरेको थियो ।

हालका प्रहरी महानिरीक्षक कुवेरसिंह राना कार्यकाल सकिएर २९ कात्तिकमा बिदा हुँदैछन् । पहिलो नम्बरमा बढुवा भएका एआईजीले नै प्रहरी संगठनको बागडोर सम्हाल्ने परम्परा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us