
काभ्रे, २१ कात्तिक – काभ्रेमा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार प्रयास गर्ने एक जना पक्रा परेका छन् ।
जिल्लाको उग्रचण्डीनाला–६ की १८ वर्षीया युवती बलात्कार गर्न खोज्ने मेच्छे–८ का इलमसिंह तामाङलाई प्रहरीेले बिहीबार पक्राउ गरेको हो ।
युवतीले हारगुहार गरेपछि गाउँलेले नियन्त्रणमा लिएर अभियुक्त तामाङलाई प्रहरीको जिम्मा लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक अच्युत चापागाईंका अनुसार तामाङले युवतीको साथमा रहेको गरगहना र २० हजार रुपैयाँ नगदसमेत लुटेका थिए ।