
काठमाण्डु, २२ कात्तिक–सहरी विकास योजना र मापदण्डलाई आम नागरिकमा पुर्याउने उद्देश्यले सरकारले शुक्रबार पहिलोपटक ‘विश्व सहरी योजना दिवस २०७०’ मनाउदै छ । पहिलो पटक सरकारी तवरबाटै मनाउन लागिएको सो दिवसको मूल नारा ‘सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड’ राखिएको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बाले आम जनतामा सहरी संस्कृति, सहर निर्माणको मापदण्ड, योजना र विकास रणनीतिको विषयमा जानकारी गराउने उद्देश्यले दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।
विश्वभर सन् १९४९ देखि नै हरेक वर्ष नोभेम्बर ८ मा सहरी योजना दिवस मनाउन थालिएको थियो । एकीकृत रुपमा धेरै मानिस बस्ने क्षेत्रको पूर्व योजना गर्नुपर्ने आवश्यकता दर्साउनु दिवस मनाउनुको मुख्य उद्देश्य होे ।