प्रचारमा गएको ट्रयाक्टर पल्टँदा २० घाइते

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १७:२९ मा प्रकाशित

बाजुरा, २१ कात्तिक–नेकपा (एमाले) बाजुराले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत फालासैनको आमसभामा जाँदै गरेको से१त ९७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार २० जना एमाले कार्यकर्ता घाइते भएका छन् । त्यसमध्ये दुईजना सख्त घाइते भएको बताइएको छ ।
बाजुरा जिल्लाको बारबिर गाविसको बेतालमाडौँ बजारबाट कुल्देवमाडौँ गाविसको फालासैनमा आउँदै गर्दा बार्जुगाड खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता हिक्मत बोहोराले जानकारी दिए । बाटो राम्रो नभएका कारण ट्रयाक्टर मोडमा नमोडी खोलामा खसेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us