काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीमा भएका उम्मेदवारको सम्बन्धमा परेको दावी विरोधको उजुरीमाथि बुधबार निर्णय गर्दैछ । उजुरी परेका उम्मेदवारबारे जाँचबुझ गर्ने र विहीबार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम सार्वजनिक गरेपछि गएको...
काठमाण्डु, २० कात्तिक–तिहारको भाइटीका सकिएसँगै राजनीतिक दलहरुले आफ्नो चुनाव प्रचार प्रसार अभियानलाई पुनः शुरु गरेका छन् । शीर्ष तहदेखि जिल्ला स्तरसम्मका नेता–कार्यकर्ताहरु आ–आफ्नो चुनावी प्रचारमा जुटेका छन् । एमाओवादीले तिहार सकिएलगत्तै मेची–महाकाली अभियान शुरु गर्दैछ । त्यसकालागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै शीर्ष...
दैलेख, २० कात्तिक–दैलेखको सल्लेरी गाविस–३ स्थित रानाटोलमा तरुण दलका जिल्ला सदस्य नविनसिंह राना मृत अवस्थामा फेला परेका छन् । बुधबार विहान ५ बजे घर नजिकै उनको शव फेला परेको हो । मंगलबार दिउँसो एमालेका चार जना कार्यकर्तासँग निस्केका उनलाई घरका सदस्यहरुले घर नजिकै फेला...
पोखरा, २० कात्तिक–एकीकृत नेकपा माओवादी कास्की क्षेत्रनम्बर ३ का उम्मेदवार रामजी बरालको गाडिमा बुधबार विहान अज्ञात समुहले आगजनी गरेको छ । कास्कीको हेम्जामा रोकिराखेको ग १ च ३१०४ नम्बरको गाडिमा विहान ५ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगोमा जलेर गाडि पूर्णरुपमा क्षतिग्रस्त...
काठमाण्डु, २० कात्तिक–काठमाण्डु र चितवनमा भएका बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाण्डुको सतुङ्गलमा रोकी राखेको बसमा मोटरसाईकल ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुलीका ३१ बर्षीय चेतकुमार श्रेष्ठ रहेका छन् ।...
वीरगन्ज, २० कात्तिक–भोजपुरी भाषाभाषीको बाहुल्यता रहेका मध्यतराईका बारा र पर्सामा यतिबेला छठलोक भाकाले विशेष स्थान लिएको छ । तिहारको सुरुसँगै गुञ्जिन थालेको छठ लोकभाका अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउ“मा लाउडस्पिकर राखेरै गुञ्जाउन थालिएको छ, यतिबेला वीरगन्जमा लोकभाका समेटिएका एल्बम, सिडी र भिसिडीको चाङ...
काठमाण्डु १९ कात्तिक–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराइले संबिधानसभा निर्वाचनपछि २६ सिट राजनीतिक सहमतिमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई दिन सकिने तर्क दोहोरयाएका छन । एमाले अध्यक्ष झलनाथ खनालले भने त्यसो गर्नु बैद्यका लागि अपमान हुने जिकिर गरेका छन । मेची महाकाली अभियानका...
राजविराज, १९ कात्तिक–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शिर ठाडो पारेर बाँच्न संविधानसभा निर्वाचनमा मधेसवादी दललाई नै बहुमत दिनुपर्ने आवश्यकतामा जोड दिएका छन । आफ्नो पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरको चुनावी प्रचारको क्रममा सप्तरीको तिलाठी गाविसमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले...
राजविराज,कात्तिक–एउटा कलमको मूल्य कति होला सहजै अनुमान लगाउन सकिन्छ, तर कुनै कलम २९ हजार पाँच सय रुपैयामा विक्री भएको सुन्दा आश्चर्य लाग्ला । प्रत्येक वर्ष भाइटीकाको दिन हुने गरेको चित्रगुप्त पूजाको अवसरमा विक्री हुने गरेको कलम यस वर्ष २९ हजार पाँच सय रुपैयामा बिक्री...
कञ्चनपुर, १९ कात्तिक–पूर्व–पश्चिम राजमार्गअन्र्तगत पर्ने कञ्चनपुरको भाँसी नजिक महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना४ख ४२२५ नम्बरको बस दुर्घटना हुँदा बसमा सबार २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए...
काठमाण्डु, १९ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको विपक्षमा लागेका दलहरुलाई मंसिर चारभित्र जनताले किनारा लगाउने चेतावनी दिएका छन् । उनले आगामी संविधानसभा निर्वाचन कुनै पनि तागतले रोक्न नसक्नेसमेत दावी गरे । एकदुई दलले भाग नलिदैमा निर्वाचनमा कुनै असर नपर्ने भन्दै रेग्मीले नब्बे प्रतिशत नेपाली...
काठमाण्डु, १९ कात्तिक–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसिर ४ को लागि तय भएको संविधानसभाको निर्वाचन रोक्छु भन्नु दिवास्वप्न मात्रै हुने दावी गरेका छन् । अब कसैले निर्वाचन रोक्न नसक्ने उनले बताए । ‘स्वतन्त्र निर्वाचन लोकतान्त्रिक संविधान’नामको रिपोर्टर्स क्लब नेपालको अभियान अन्र्तगत आयोजित साक्षात्कारमा...