समाचार

राप्रपाका पाँच युवा हतियारसहित पक्राउ

२०७० कार्तिक १९ गते १२:१०

चितवन, १९ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध पाँचजना युवाहरु घरेलु हतियार सहित चितवनको मेघौलीबाट पक्राउ परेका छन् । मेघौली गाविस वडानम्बर ४ स्थित भंगाचोकबाट उनीहरु खुकुरी, खुँडा, रड लगाएतका घरेलु हतियार सहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।...

कुन नेताले कसरी मनाए भाइटीका ?

२०७० कार्तिक १९ गते ११:४९

काठमाण्डु, १९ कात्तिक–तिहारको भाइटीका मंगलबार मन्त्रिपरिषद अध्यक्षदेखि राजनीतिक दलका नेताहरुले बिभिन्न तरिकाले मनाएका छन् । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफ्ना बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । विहान ११ बजेर २७ मिनेटको साईतमै उनले टीका लगाएका थिए । टीका लगाउन रेग्मी बहिनी राधा अर्यालको घापासीस्थित...

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०७० कार्तिक १९ गते ११:२२

चितवन, १९ कात्तिक–पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बसको ठक्करबाट मंगलबार दिउँसो मोटरसाईकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा रत्ननगर ३ का अन्दाजी ३० वर्षीय व्यापक अधिकारी रहेको प्रहरीले जनाएको छ । पर्साको बीरगंजबाट नारायणगढ तर्फ आउँदै...

नवलपरासीमा सबै निर्वाचन सामग्री पुग्यो

२०७० कार्तिक १९ गते १०:२२

परासी, १९ कात्तिक–संविधानसभा निर्वाचनका लागि नवलपरासीमा चाहिने सम्पूर्ण निर्वाचन सामग्री नवलपरासी ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी नरहरि घिमिरेका अनुसार गत कात्तिक ९ गते मतपेटिका ल्याइएको थियो भने सोमबार समानुपातिक र प्रत्यक्षतर्फका दुवैथरीका मतपत्र ल्याइएको छ । प्राप्त निर्वाचन सामग्रीमा...

भक्तपुरका मतदाता भन्छन्, ‘गाउँ नफर्कनेलाई भोट दिन्नौं’

२०७० कार्तिक १९ गते १०:१७

भक्तपुर, १९ कात्तिक–विगतका निर्वाचनमा गाउँमा आएर भोट माग्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई यसपटक भक्तपुरका मतदाताले भोट नदिने भएका छन् । भोट माग्न मात्रै घरघरमा आउने, विकास निर्माणसंँगै सबै समस्या सम्बोधन गर्छौ भन्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई भोट नदिने भक्तपुरका अधिकांश...

वीरगन्जमा छठ एक दिन अघि नै मनाइने

२०७० कार्तिक १९ गते ९:५४

पर्सा, १९ कात्तिक–तराईबासीहरुको महान पर्व छठ यसपाली पर्साको वीरगन्जमा एक दिन अघि नै मनाइने भएको छ । पात्रोमा २३ गते शनिवारको दिन षष्ठी र सप्तमी तिथि एकैदिन परेकाले पूजारीहरुको सुझाव अनुसार एक दिन अघि नै छठ पर्व मनाउने निर्णय गरिएको हो । घडिअर्वा छठपूजा...

स्कूटर दुर्घटनामा एकजनाको मृत्यु

२०७० कार्तिक १९ गते २:१९

काठमाण्डु, १९ कात्तिक–काठमाण्डुमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाईते भएका छन् । मुनीभैरबबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४० प ३६१४ नम्बरको स्कुटर तिव्रगतिका कारण दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत खोटाङ्का २३ बर्षीय हर्कजङ् राईको मृत्यु भएको प्रहरीले...

सासु मारेपछि ज्वाइ हिरातमा

२०७० कार्तिक १९ गते २:००

काठमाण्डु १९ कात्तिक –नेपाली समाजमा अपराधको मनोबिज्ञान कसरी प्रकट भइरहेको छ भन्ने पछिल्लो उदाहरण सुनसरीको खनारमा देखिएको छ । सुनसरीको खनार–६ का अनिल चौधरीले आफ्नै सासूको हत्या गरेका छन् । ईटहरीमा होटल व्यवसाय गर्दै आएकी सासू् पुनम सोहनीको घरमा श्रीमती भेटन गएका चौधरीले गएराती...

पटाका पड्काउँदा दुवै हात काम नलाग्ने भए

२०७० कार्तिक १९ गते १:४४

गौशाला, १९ कात्तिक–दीपावलीको अवसरमा पटका पड्काउँदा महोत्तरीको बनौली गाविसमा एक जनाको दुवै हात काम नलाग्ने भएको छ । शक्तिशाली बारुद भरिएको पटाका बम पड्काउँदा बनौली–४ का रामनरेश मण्डलको दुवै हात काम नलाग्ने गरी पोलेको स्थानीयवासीले बताएका छन् । आइतबार राति भारतको मधवापुरबाट ल्याएको पटाका...

आज भाइटीकाको साइत ११:२७ बजे उत्तम

२०७० कार्तिक १९ गते ०:३०

काठमाण्डु, १९ कात्तिक–यमपञ्चकको अन्तिम दिन आज सबै नेपालीका घरघरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरुपमा भाइटीका मनाउँदैछन् । तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले  महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । आजका दिन स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरु दिदीबहिनाका घरमा र दिदीबहिनीहरु दाजुभाइका...

छठ पर्व एकदिन अघि हुने,बिदाका लागि गृहसँग आग्रह

२०७० कार्तिक १९ गते ०:१५

काठमाण्डु, १९ कात्तिक–पञ्चाङ्ग पात्रोमा उल्लेख गरिएभन्दा एकदिन अघि नै यस वर्षको छठ पर्व मनाउन र त्यही दिनलाई सार्वजनिक बिदा दिन ‘महापर्व छठ समारोह समिति’ ले गृह मन्त्रालयसँग आग्रह गरेको छ । पात्रोमा उल्लेख भएअनुसारको दिनलाई गृह मन्त्रालयले बिदाको निर्णय गरेको थियो । छठ पर्वको...

हिंसात्मक गतिबिधि नगर्न बैद्यलाई आग्रह गर्दै निर्वाचन सफल बनाउन दृढतापूर्वक अघि बढने सत्ता पक्षको निष्कर्ष

२०७० कार्तिक १८ गते १६:५८

काठमाण्डु कात्तिक–संबिधानसभा निर्वाचन बिरोधी गतिबिधि बढदै गएको अवस्थामा उच्चस्तरिय राजनीतिक समिति र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी वीच नेकपा–माओवादीलाई हिंसात्मक गतिबिधि नगर्न आग्रह गर्दै घोषित मितिमा निर्वाचनलाई सफल बनाउन दृढतापूर्वक अघि बढने समझदारी भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा–माओवादी नेतृत्वको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us