स्कूटर दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते २:१९ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक–काठमाण्डुमा गएराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाईते भएका छन् । मुनीभैरबबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४० प ३६१४ नम्बरको स्कुटर तिव्रगतिका कारण दुर्घटना हुँदा नेपाली सेनामा कार्यरत खोटाङ्का २३ बर्षीय हर्कजङ् राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका खोटाङ् घर भै हाल ललितपु्र बस्ने २४ बर्षीय सुदिप राईको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us