पटाका पड्काउँदा दुवै हात काम नलाग्ने भए

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १:४४ मा प्रकाशित

गौशाला, १९ कात्तिक–दीपावलीको अवसरमा पटका पड्काउँदा महोत्तरीको बनौली गाविसमा एक जनाको दुवै हात काम नलाग्ने भएको छ ।
शक्तिशाली बारुद भरिएको पटाका बम पड्काउँदा बनौली–४ का रामनरेश मण्डलको दुवै हात काम नलाग्ने गरी पोलेको स्थानीयवासीले बताएका छन् ।
आइतबार राति भारतको मधवापुरबाट ल्याएको पटाका बम पड्काउँदा निजको दुवै हात नराम्ररी पोलेको स्थानीय पत्रकार वैद्यनाथ चौधरीले बताए ।
पटाकाले मण्डलको दुवै हात पोल्नुका साथै औँलाहरु हातबाट अलग भएको स्थानीय सुनिल ठाकुरले बताए । घाइते मण्डललाई आवश्यक उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us