वीरगन्जमा छठ एक दिन अघि नै मनाइने

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ९:५४ मा प्रकाशित

पर्सा, १९ कात्तिक–तराईबासीहरुको महान पर्व छठ यसपाली पर्साको वीरगन्जमा एक दिन अघि नै मनाइने भएको छ । पात्रोमा २३ गते शनिवारको दिन षष्ठी र सप्तमी तिथि एकैदिन परेकाले पूजारीहरुको सुझाव अनुसार एक दिन अघि नै छठ पर्व मनाउने निर्णय गरिएको हो ।

घडिअर्वा छठपूजा व्यवस्थापन समितिका प्रचार संयोजक क्रान्ति शाहका अनुसार कात्तिक २२ गते शुक्रबार साँझ घाटमा अस्ताउँदो सूर्यको र २३ गते शनिवार विहान उदाउँदो सूर्यको पूजा गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us