कुन नेताले कसरी मनाए भाइटीका ?

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ११:४९ मा प्रकाशित

Prachanda-at-Sirahaकाठमाण्डु, १९ कात्तिक–तिहारको भाइटीका मंगलबार मन्त्रिपरिषद अध्यक्षदेखि राजनीतिक दलका नेताहरुले बिभिन्न तरिकाले मनाएका छन् । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आफ्ना बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । विहान ११ बजेर २७ मिनेटको साईतमै उनले टीका लगाएका थिए । टीका लगाउन रेग्मी बहिनी राधा अर्यालको घापासीस्थित निवास पुगेका थिए ।

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने भाइटीकाको दिनमा पनि चुनाव प्रचार जारी राखेका छन् । उनी सिरहा क्षेत्रनम्बर ५ मा घरदैलो कार्यक्रममा व्यस्त छन् । स्थानीय महिला र युवतीहरुले तिहारमा जस्तै गरी लामबद्ध भएर पालैपालो प्रचण्डलाई सयपत्री फूलको माला लगाइदिएका थिए ।

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पनि चुनावको चटारोले दिदी–बहीनीको हातबाट टिका लगाएका छैनन् । प्रत्येक बर्ष झापास्थित बहिनीको घरमा जाने गरेका खनाल यसपाली भने सर्लाही क्षेत्रनम्बर १ स्थित आफ्नो निर्वाचन क्षेत्रमा गएका छन् ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भने दिदी आभादेवी शर्माबाट टीका लगाएका छन् । उनले बाँकेको नेपालगञ्जमा टिका लगाएका हुन् ।

यसैगरी काँग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट र उपसभापति रामचन्द्र पौडलले ठूलीआमाकी छोरी चन्दा ओझाको हातबाट टीका लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि काठमाण्डुको कमलादीस्थित बहिनी शोभाको निवासमा पुगेर टीका लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us