सासु मारेपछि ज्वाइ हिरातमा

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते २:०० मा प्रकाशित

काठमाण्डु १९ कात्तिक –नेपाली समाजमा अपराधको मनोबिज्ञान कसरी प्रकट भइरहेको छ भन्ने पछिल्लो उदाहरण सुनसरीको खनारमा देखिएको छ ।
सुनसरीको खनार–६ का अनिल चौधरीले आफ्नै सासूको हत्या गरेका छन् । ईटहरीमा होटल व्यवसाय गर्दै आएकी सासू् पुनम सोहनीको घरमा श्रीमती भेटन गएका चौधरीले गएराती टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरेलु झगडापछि चौधरीकी श्रीमती इटहरीस्थित माइतीघरमा बस्दै आएकी थिइन । सासूसँंग विवाद भएपछि चौधरीले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । चौधरीलाई प्रहरीले पक्रेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us