छठ पर्व एकदिन अघि हुने,बिदाका लागि गृहसँग आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ०:१५ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक–पञ्चाङ्ग पात्रोमा उल्लेख गरिएभन्दा एकदिन अघि नै यस वर्षको छठ पर्व मनाउन र त्यही दिनलाई सार्वजनिक बिदा दिन ‘महापर्व छठ समारोह समिति’ ले गृह मन्त्रालयसँग आग्रह गरेको छ ।
पात्रोमा उल्लेख भएअनुसारको दिनलाई गृह मन्त्रालयले बिदाको निर्णय गरेको थियो । छठ पर्वको साँझको घाट कात्तिक २२ गते शुक्रबार र बिहानको घाट कात्तिक २३ गते पर्ने भएकाले २२ गतेलाई नै सार्वजनिक बिदा दिन र पर्व मनाउन समितिले आग्रह गरेको छ । २४ गते गोपाष्ठमी परेकाले बिहानको घाट दिन नमिल्ने समितिको भनाइ छ ।
समितिका महासचिव आनन्दकुमार गुप्ताले प्रेस विज्ञप्ति जारी गरी छठको विधिअनुसार चुतर्दशीका दिन नहा खा, पञ्चमीको दिन खर्ना, षष्टीको दिन साँझको घाट र सप्तमीका दिन बिहानको घाट गरी पारन गर्ने प्रचलन भएकाले तराई–मधेसलगायत सबै ठाउँमा यसैअनुसार पर्व मनाइने जनाएका छन । सरकारले केही वर्षयता छठको साँझको घाटको दिन बिदा दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us