बस दुर्घटनामा परी २२ यात्रु घाइते, पाँचको अवस्था चिन्ताजनक

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १५:१८ मा प्रकाशित

कञ्चनपुर, १९ कात्तिक–पूर्व–पश्चिम राजमार्गअन्र्तगत पर्ने कञ्चनपुरको भाँसी नजिक महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना४ख ४२२५ नम्बरको बस दुर्घटना हुँदा बसमा सबार २२ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए । सामान्य घाइते भएका १८ जनाको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ ।
गम्भीर घाइतेमध्ये पाँचजनालाई थप उपचारका लागि भारततर्फ र एक जनालाई कैलालीको अत्तरियामा रहेको निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । घाइते हुनेमा अधिकांश महिला रहेका छन् । बस तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रावलले बताए । बसका चालक भने फरार रहेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us