
सोलुखुम्बु, २१ कात्तिक–जिल्ला बागबानी केन्द्र फाप्लु सोलुखुम्बुका बागबानी अधिकृत गणेशराज पाण्डेको विष सेवनबाट मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजेतिर विष सेवनपछि उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएकोमा उपचारका क्रममा पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।
कार्यालयकै कर्मचारी निवासकक्षमा बस्दै आएका पाण्डेले विष सेवन गरेको अस्पतालले जनाएको छ । त्यसको कारणबारे थप अध्ययन भइरहेको थापाले जानकारी दिए । पाण्डे डेढ दशकदेखि जिल्ला बागबानी केन्द्र फाप्लुमा कार्यरत थिए । रासस