एमाले निकट शेर्पा संघकी कोषाध्यक्ष एमाओवादीमा

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १०:३५ मा प्रकाशित

Fulmu Sherpaकाठमाण्डु, २० कात्तिक–नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य फुल्मु शेर्पा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छन् । एमाले निकट लोकतान्त्रिक शेर्पा संघकी केन्द्रीय कोषाध्यक्ष तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी शेर्पाले बुधबार विज्ञप्ति निकालेर पार्टी परित्याग गर्दै एमाओवादीमा प्रवेश गरेको घोषणा गरेकी हुन् ।

पुरानो प्रशासनिक विकेन्द्रिकरणमा आधारित नाममात्रको संघीयतामा जाने एमालेको निर्णयप्रति उनले असन्तुष्टि जनाएकी छन् ।

‘आदिवासी, जनजाती लगायतका उत्पीडित समुदायको पहिचान खुलाएर बन्ने संघियताको सम्वन्धमा नेकपा एमालेमा ठूलो बैचारिक अकर्मन्यता रह्यो,’ शेर्पाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको एजेण्डा अघि सारेको एकीकृत नेकपा माओवादीमा नेतृत्वले मात्र नयाँ नेपाल निर्माण गर्न सक्छ भन्ने ठहरमा म पुगेको छुँ ।’

उनले एमालेका अन्य नेता कार्यकर्ताहरुलाई पनि एकीकृत माओवादीमा समाहित हुन अपील गरेकी छन् । सिन्धुपाल्चोकको गाती गाविस मान्द्रा निवासी फुल्मु १ नं. क्षेत्रका शेर्पा र जनजाति समूदायमा लोकप्रिय छिन् ।

यसैगरी एमालेका संगठित सदस्य इन्जिनियर गोरे शेर्पाले पनि बुधबार विज्ञप्ति निकालेर एमाले परित्याग गरी एकीकृत माओवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us